विराटनगर महानगरपालिकाका उप–प्रमुख ईन्दिरा कार्कीले सो कार्यलयका सफाई कर्मचारीलाई सेनिटरी प्याड प्रदान गनुभएको छ । सोमबार सामान्य कार्यक्रमका विच महानगरका सफाई कर्मचारीलाई सेनिटरी प्याड प्रदान गरेकी हुन । शारडा ग्रुपले सो सेनिटरी प्याड प्रदान गरेको हो । सोमबार नै ग्रुपका कर्मचारीहरुले उप–प्रमुख कार्की सेनिटरी प्याड हस्तान्त्रण गरेका थिए ।
पालिकाका तिन सय सफाई कर्मचारीलाई सो सेनीटरी प्याड प्रदान गरिने उप–प्रमुख कार्कीले जानकारी दिईन । करिब ३ महिना अघि पनि उप–प्रमुख कार्कीले कोरोना उपचार केन्द्रका महिलाहरुलाई सेनिटरी प्याड वितरण गरेकि थिईन । कार्यक्रममा महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की, डा. हैदर अली , कर्मचारी कल्पना दाहाल, लगायतको सहभागिता थियो ।