विराटनगरमा कोरोना संक्रमित ७६ वर्षीय वृद्धको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। विराटनगरस्थित कोभिड-१९ अस्पतालमा भर्ना शनिबार भर्ना गरिएका वृद्धको सोमबार बिहान ३:३० बजे मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दीपक सिग्देलले बताए। उनी विराटनगर-१० का हुन्। उच्चरक्तचापका बिरामी वृद्ध संक्रमण देखिएपछि दस दिनदेखि होम आइसोलेसनमा बसेका थिए। शनिबार सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। आइतबारदेखि उनको स्वास्थ्य क्रमिक रुपमा जटिल बन्न थाल्यो। ‘मध्यराति भेन्टिलेटरमा राखेका थियौं, तर तीन घन्टापछि उहाँको मृत्यु भयो,’ सिग्देलले  भने।मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!