मंगलबार, पौष २९, २०७६ || 912  पटक पढिएको

हिपमत डटकम
उर्लाबारी, २९ पौष : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी प्रचार विभागको आज बसेको बैठकले विभागको सचिवालय गठन गर्दै विभागलाई सक्रिय बनाउने निर्णय गरेको छ । उर्लाबारी – ५ स्थित नगर पार्टी कार्यालयमा आज दिउँसो बसेको बैठकले विभागको गतिविधिलाई सक्रिय बनाउन सचिवालय गठन गरिएको हो ।

विभागको सचिवालयमा संयोजक निरोज तिम्सिनासहित सुमन घिमिरे, लक्ष्मी ढुंगाना, सरोज बस्नेत, सूर्य चौहान, कुमार सुवेदी, सिता पोख्रेल, वेदनिधि पौडेल, बेलरुपा खजुम र दिलिप पोखरेल चयन हुनुभएको छ । यस्तै वडा नम्बर २ र ४ बाट थप दुई जना चयन हुने संयोजक तिम्सिनाले जानकारी दिनुभयो । बैठकले नेकपा उर्लाबारी प्रचार विभाग नामको सामाजिक संजाललाई व्यवस्थित ढंगले संचालन गर्न ३ जनालाई जिम्मेवारी दिएको छ भने चाँडै नै वेभसाईट संचालन गर्ने पनि निर्णय गरेको छ ।

वेभसाईट मार्फत पार्टी नगर कमिटिका सम्पुर्ण गतिविधिलाई संगठित सदस्य र शूभेच्छुकमार्फत पुर्याउन सहज हुने भएकाले यस्तो तयारी गरिएको संयोजक तिम्सिनाले बताउनुभयो । यस्तै पार्टी एकतापछि अहिलेसम्म उर्लाबारीमा संगठित सदस्य भेला नभएकाले नगर कमिटि सचिवालयसँग छलफल गर्दै त्यस्तो भेला आयोजना गर्न आग्रह गर्ने प्रचार विभागले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!