आइतबार, भाद्र २१, २०७७ || 646  पटक पढिएको

भारतमा कोरोनाका कारण लकडाउन सुरु भएपछि नेपाल फर्किएका सर्वसाधारण पुनः भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमण दर नघटे पनि खान–बस्न नै समस्या हुन थालेको भन्दै उनीहरू भारततर्फ लागेका हुन् ।

कोरोना कहर समाधान होला भनेर पर्खंदापर्खंदै घर चलाउनै नसक्ने भएपछि रोजगारीका लागि पुनः भारत नै फर्कन लागेको उनीहरूको भनाइ छ । नेपालमा भन्दा भारतमा कोरोना संक्रमण बढी भएको थाहा हुँदाहुँदै भारत जान बाध्य भएको उनीहरू बताउँछन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार केही दिनयता भारत जाने सर्वसाधारणको संख्या बढेको छ । बेलहिया नाकामा प्रहरीले कडाइ गरे पनि छेउछाउका अन्य नाका प्रयोग गर्ने गरेको उनको भनाइ छ । बेलहिया नाकाबाट समेत दैनिक २०–२५ जना भारततर्फ गइरहेको उनले बताए ।

बेलहिया नाकाबाट कस्ता नेपालीले भारत प्रवेश पाउँछन् ?
बेलहिया नाका भएर भारत प्रवेश गर्न बिरामीका लागि मात्रै सहज छ । बिरामीको कागजातका आधारमा सिमानाका सुनौलीमा रहेको स्वास्थ्य टोलीले सामान्य औपचारिकता पूरा गरेपछि भारतीय अध्यागमन कार्यालयमा फोटो खिचाएपछि भारत जान पाइन्छ । यसैगरी भारतीय सेनामा कार्यरत व्यक्ति र भारतीय आधार कार्ड भएका व्यक्ति पनि भारत जान पाउँछन् ।
लकडाउनको समयमा यो नाका हुँदै भारतबाट ३५ हजार आठ सय ६२ नेपाली फर्किएका थिए भने नेपालमा रोजगारी गरी बसेका ३५ हजार आठ सय भारतीय नागरिक स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!