आइतबार, भाद्र २१, २०७७ || 778  पटक पढिएको

नवगठित जनता समाजवादी पार्टी नेपालमा पार्टी समायोजनको काम शुरु भएको छ । तत्कालिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच गत बैशाखमा एकत घोषणा भएको थियो । असारमा निर्वाचन आयोगबाट आधिकारिता पाएको जसपामा समायोजनको काम शुरु भएको जनाइएको छ ।

दुई दल बीचमा बराबरको हैसियतमा समायोजनको प्रकृया शुरु भएको जसपा नेपालका एक नेताले बताए । सो पार्टीमा ५१ सदस्यीय कार्यकारिणी समितिसहित ७०१ जनाको केन्द्रीय कार्यसमिति हुने भएको छ । जसमा तत्कालिन राजपा नेपालको भागमा ३२६ जना केन्द्रीय सदस्य परेका छन् । यसअघि नै कार्यकारिणी समितिमा भागबण्डा लागिसकेको छ । कार्यकारिणी समितिमा तत्कालिन राजपा नेपालले २६ र तत्कालिन समाजवादी पार्टीले २५ सदस्य पाएका छन् ।

केन्द्रीय समितिमा बाँकी रह्यो ६५० को भागबण्डा । त्यसमा राजपा नेपालले ३५० र समाजवादी पार्टीले ३५० सदस्य प्राप्त गरेका छन् । ७०१ जनाको केन्द्रीय समितिमा ५० जना पदाधिकारी रहनेछन्, जसमा २५–२५ जना भागबण्डा गरिएको छ । कार्यकारिणी समितिमा रहेका सबैजना पदाधिकारी हुने जनाइएको छ ।

तत्कालिन राजपा नेपालमा ३५० सदस्यमा पनि भागबण्डा भएको छ । ९३–९३ जना महन्थ ठाकुर र राजेन्द्र महतोले पाउने भएका छन् भने ४०–४० जना शरदसिंह भण्डारी र महेन्द्रराय यादवले पाउने भएका छन् । त्यस्तै अनिल झा र राजकिशोर यादवले ३०–३० जना केन्द्रीय सदस्य पाउने भएका छन् ।

त्यसैगरी १०१ सदस्य भएको राजनीतिक समितिमा २५ जना तत्कालिन राजपा नेपालबाट रहनेछन् । त्यसमा पनि राजपाले आफ्नोभित्र भागबण्डा गर्दा महन्थ ठाकुर र राजेन्द्र महतोले ६–६ जना पाउने भएका छन् । त्यस्तै ४­­­­–४ जना शरतसिंह भण्डारी र महेन्द्रराय यादवका हुनेछन् भने ३–३ जना अनिलकुमार झाव र राजकिशोर यादवको रहने जसपा नेपाल स्रोतले जनाएको छ ।

उता, समाजवादी पार्टीले पनि आफ्नो लिस्ट तयार गरिसकेको छ । राजपा नेपालले लिस्ट तयार गर्न ढिलाई गरेपछि समायोजनको काममा ढिलाई भएको एक नेताले बताए । राजपा नेपालले आफूभित्र भागवण्डा मिलाइसकेपछि अब नाम चयन गरेर जसपा नेपालमा बुझाउने बताइएको छ । त्यस्तै जसपा नेपालले जिल्ला तथा स्थानीय तहमा पनि निर्देशिकाअनुसार पार्टी समायोजनको काम अगाडि बढाउन परिपत्र पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!