आइतबार, भाद्र २१, २०७७ || 1414  पटक पढिएको

प्रदेश नं. १ को सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेरले सामाजिक अध्ययन विषय समाज र विश्वकाे विभिन्न पक्ष अध्ययन गर्ने महत्पूर्ण शास्त्र भएकोले यस विषयकाे पाठ्यक्रमले निर्देशित गरेकाे उदेश्य पूरा हुनु पर्ने कुरामा जाेड दिनु भयाे। सामाजिक अध्ययन विषय शिक्षक समूह मोरङले भर्चुयल माध्यमबाट आइतबार आयोजना गरिएको कार्यक्रममा बोल्दै राज्यमन्त्री गजमेरले यस्तो बताउनुभएको हो ।
उहाँले बालकालिकाहरूलाई सानै उमेरदेखि समाज र विश्वमा भएको सामाजिक, राजनैतिक, आर्थिक साँस्कृतकि, भाैगाेलिक, ऐतिहासिक, लगायतकाे गतिविधिहरुको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । आजको कार्यक्रममबाट शिक्षकहरूले सिकेको कुराहरु कक्षामा विद्यार्थीहरूमाझ कार्यान्वयन गराउन राज्यमन्त्री गजमेरले सुझाउनु भयो । विभिन्न विषयमा ज्ञान र जानकारी गराउन सामाजिक अध्ययन विषयकाे शिक्षा आज आवश्यक रहेको उहाँको भनाई थियो ।
यही वर्षदेखि कक्षा १मा मेराे सेराेफेराे र ११ मा ‘सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा’ विषयको पठनपाठन सुरू हुने भएपछि शिक्षक समूहले भर्चुयल माध्यमबाट अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको सामाजिक अध्ययन विषय शिक्षक समूह माेरङका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । कक्षा ६-८ र कक्षा ९-१० काे पाठ्यक्रमकाे विषयमा समेत छलफल भएकाे सो कार्यक्रममा १ सय भन्दा बढी सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरूको सहभागिता रहेको थियो । ‘सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा’ विषयमा थप गहन रूपमा छलफल गर्न चाँडै प्रदेश नम्बर १ स्तरीय यस्ता अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने समूहका अध्यक्ष श्रेष्ठको भनाई छ ।
सामाजिक अध्ययन समाज, काठमाडौले सहकार्य भएको उक्त कार्यक्रमको सहजिकरण गोविन्द भण्डारी, डिल्ली शर्मा र माधव दाहाल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!