शनिबार, भाद्र २०, २०७७ || 452  पटक पढिएको

डडेल्धुरामा कोभिड–१८ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । योभन्दा पहिले भदौ १२ देखि १९ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । भदौ १९ गते राति १२ बजेदेखि जारी हुने गरी भदौ ३१ गतेसम्म जिल्लामा सञ्चालित सार्वजनिक, निजी सवारी साधनहरु जोर बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने, सवारी पासबिना अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउनेजस्ता निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । उनका अनुसार जिल्लामा हुने सार्वजनिक मेला, पर्व, भेलालगायत सभासम्मेलनलाई पूर्णरुपमा निषेध गरिएको छ भने अत्यावश्यक वस्तुका पसलबाहेक अन्य सबैखाले पसलहरु बिहान ६ देखि बेलुका ७ बजेसम्म खुल्न सक्ने भएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको निर्णय उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनअनुसार कारबाही गरिनेसमेत जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!