शनिबार, भाद्र २०, २०७७ || 703  पटक पढिएको

शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ ।

केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बेचबिखनका लागि त्यसतर्फ लगिएका घटना सार्वजनिक भइरहेका छन् ।

बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बेचबिखनको आरोपमा पक्राउ परेका छन् । त्यस्तै यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बेचबिखनमा परेका किशोरीसहितको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रमुख डा. देवबहादुर बोहराले जानकारी दिए ।

मानव बेचबिखनको क्रमलाई कोरोना महामारी र बन्दाबन्दीले रोक्न नसकेको उहाँ स्वीकार्छन् । पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बेचबिखनमा पर्ने क्रम बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!