बिहिबार, भाद्र १८, २०७७ || 516  पटक पढिएको

राहत सामग्रीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामा स्थानीयले घेराउ गरेका छन् । कोरोना महामारीको समयमा स्थानीयहरुको उल्लेख्य भीड देखेपछि प्रहरी र प्रशासनका कर्मचारीहरु त्रसित भएका थिए ।बिहीवार बिहान वीरगंज महानगरका विभिन्न वडाबाट स्थानीयहरु राहतको माग गर्दै दुवै कार्यालयमा पुगेका थिए । बुधवार वीरगंज महानगरबाट प्राप्त राहत सामग्री जिल्ला प्रहरी कार्यालय पर्साले वितरण गरेको सुनेपछि स्थानीयहरुको भीड जिल्ला प्रशासन र प्रहरी कार्यालयमा पुगेको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।बुधवार ११० जनालाई प्रहरीले प्रति व्यक्ति १० किलो चामल र महानगरले २० किलो चामल, नून, दाल वितरण गरेको थियो । आज स्थानीयवासीको भीड बढेपछि प्रहरीले उनीहरुको तथ्याङ्क सङ्कलन गरी वास्तविक गरीबलाई राहत वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!