बुधबार, भाद्र १७, २०७७ || 637  पटक पढिएको

गायिका लेडी गागाले सन् २०२० को एमटीभी भिडियो म्युजिक अवार्ड (भीएमए) मा सबैभन्दा बढी अवार्ड हात पारेकी छन्। उनले आर्टिस्ट अफ द इयरसहित पाँच अवार्ड पोल्टामा पारिन्।

अवार्ड वितरण कार्यक्रममा चर्चित गायिका गागाले आफ्ना प्रस्तुतिका साथै पहिरेको मास्कले सबैको ध्यान खिच्न सफल भइन्। पाँच अवार्ड हात पारेसँगै गागाले आफ्नो प्रस्तुतिको क्रममा पाँच भिन्न–भिन्न फेसमास्क लगाइन्। आई गगल्ससहित उनले लगाएका मास्क सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

अत्यन्त सीमित दर्शक र प्रस्तुतिबीच ‘एमटीभी भिडियो म्युजिक अवार्ड’ यसै साता सम्पन्न भएको हो। सो अवसरमा विश्व चर्चित साउथ कोरियन ब्यान्ड बीटीएसले आफ्नो डेब्यु अंग्रेजी बोलको गीत प्रस्तुत गरेको थियो। बीटीएसले मनोनीत भएको बेस्ट पप, बेस्ट के पप तथा बेस्ट ग्रुप यी तीनै विधामा अवार्ड हात पार्‍यो। कार्यक्रममा माइली साइरसले पनि प्रस्तुति दिएकी थिइन्।

एजेन्सी-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!