बलिउड नायिका हेमा मालिनीले फिल्मबाट निकै नाम कमाएकी छिन् । अहिले उनी राजनीतिमा सक्रिय छिन् । हेमा लामो समयदेखि भारतीय संसदकी सदस्य हुन् र अहिले मथुराबाट सांसद हुन् । हेमा मालिनीले बलिउडलाई थुप्रै हिट फिल्म दिएकी छिन् र ड्रिम गर्लबाट चर्चित नायिका राजनीति जगतमा पनि लगातार अघि बढिरहेकी छिन् । यदि नायिकाको सम्पत्तिको कुरा गर्ने हो भने उनी करिब १०१ करोड भारुकी मालिक हुन् र उनको सम्पत्तिमा कार, बंगला समावेश छन् ।

हेमाको सम्पत्ति पाँच वर्षमा ३४.४६ करोडको वृद्धि भएको छ । उनले आफूसँग बंगला, गर–गहना, रकमलगायतका सम्पत्ति भएको बताएकी छिन् । सन् २०१४ मा हेमाको ६६ करोड भारुको सम्पत्ति थियो जुन अहिले बढेर १०१ करोड भारु पुगेको छ ।

हेमाले पछिल्ला केही वर्षदेखि हरेक वर्ष १० करोड भारुको कमाई गरेकी छिन् । नायिकाको तर्फबाट दिइएको जानकारी अनुसार हेमा मालिनीसँग दुई कार जसमा मर्सिडिज र टोयोटाको एउटा कार छ । उनले मर्सिडिज सन् २०११ मा ३३.६२ लाखमा खरिद गरेकी थिइन् । यस्तै उनका श्रीमान् धर्मेन्द्रसँग १२३.८५ करोडको सम्पत्ति छ । यसबाहेक हेमा मालिनीमाथि ६.७५ करोड भारुको ऋण पनि छ । हेमा मालिनी र धर्मेन्द्र देओलसँग सन् २०१९ मा कूल २५० करोड भारु सम्पत्ति छ । यस्तै सन् २०१४ देखि २०१९ सम्म उनीहरुको सम्पत्तिमा ७२ करोडको बढोत्तरी भएको छ । नायिका सांसद बनेपछि पनि थुप्रै ब्रान्डसँग आबद्ध भएकी छिन् । फिल्मबाहेक उनको यसमार्फत् पनि कमाई हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!