मंगलबार, भाद्र १६, २०७७ || 766  पटक पढिएको

माेरङकाे सुनवर्षी नगरपालिका– ३ भेलाई मा बसाेबास गर्दे आएका वेदु ऋषिदेव का १९ बर्षका जेठा छाेरा अनिल ऋिषिदेव २०७६ मंसिर २८ गते बिरामी भए पछि आर्थिक अभाव ले गर्दा घरमै राेग पालेर बस्न बाध्य भएका छन । सुरुमा उनकाे पेट दुख्ने समस्या थाहा पाए पछि उनका बुवा ले पहिलोपटक २०७६ मंसिर २८ गते बिराटनगर स्थित मोरङ सहकारी अस्पताल विराटनगरमा उपचारका लागि लगेका थिए । ३० गते उपचार सम्भव नभए पछि अस्पताल ले डिस्चार्ज दिने तयारी गरिरहँदा एक्कासि उनको कम्मरमुनीको भाग र दुबै खुट्टा नचल्ने भए पछि २०६७ पुस २४ गते नोबेल अस्पताल मा उपचार गराउन पुगेका थिए । तर घर काे आर्थिक अभाव ले बुबा संग खर्च नहुँदा २६ गते छाेरा लाई घर फिर्ता लग्न बाध्य भए । २०७७ श्रावण ४ गतेसम्म घरमै राखेर गाउँ घरमा ऋिण गरेर बुवा ले थप उपचारका लागि भारतको खरैया लगे त्यहाँको डाक्टर काे सल्लाह अनुसार एक महिना अाैषधि सेवन समेत गरे तर शरिरमा कुनै फरक पाएनन् स्वास्थ्यमा समेत झन समस्या थपियो रकम नभएकै कारण उनलेे छाेरा लाई घर मै राख्न बाध्य भए । पुनः स्थानीय हरु काे आर्थिक सहयोगमा २०७७ असार ५ गते कोशी अस्पताल बिराटनगरमा उपचार गराउन ले तर उपचार सम्भावना नभए पछि आफन्त हरुले २०७७ श्रावण ४ गते घाेपा क्याप अस्पतालमा उपचारका लागि लगिएको थिए । अहिले उनलाई रकम अभाव का कारण ले गर्दा थप उपचारका लागि निकै समस्या भए पछि अहिले घरमै राखिएको आमा रिता ले बताईन। दैनिक ज्याला मजदुरी गरेर गुजारा गरिरहेका बेदुले छोराको उपचारका लागि राम्रो अस्पताल लैजान सकेनन् । कम्मरमुनीको भाग नचलेका कारण खुट्टा सुन्निएर फुट्न र ढाड मा समेत खटिरा समेत आउन थालेको छ । आर्थिक अभाव र गरिबी का कारण ले गर्दा समयमै अस्पताल नलग्दा छाेरा काे झन स्वास्थ्य मा समस्या थपिएको बुवा बेदु ले बताए । एक बिधा खेत अधियामा गरेर त्यहीँबाट उत्पादन भएको बालि बाट ३ छाेरा र १ छाेरी काे पालनपोषण गर्दे आएता पनि छाेरा बिरामी भए पछि बर्ष दिन भरि खाना का लागि राखिएको धान बेचेर छाेरा काे उपचार गरेको र स्थानीयले समेत सहयोग गरकाे आमा रिता ले बताईन । अब छाेराकाे उपचार का लागि कहँ बाट रकम जुटाउनु भन्दै आँखा बाट आँसुका बलिन्द्र धारा खसालि रहेकि छन । स्थानीय लक्ष्मण बुढाथोकी तथा अन्य ब्यक्ति हरुले सहयोग मा घरान स्थित घाेपा क्याप अस्पताल उपचारका लागि लगिएतापनि त्याँहा समेत आैषधि तथा खाना तथा अन्य बस्तु गरि ८० हजार रुपैयाँ रकम समेत अहिलेसम्म तिर्न नसकेकाे स्थानीय लक्ष्मण बुढाथोकीले बताए । अहिले उनि हरु काेे घरमा छाेरा भएको र आर्थिक अभाव ले गर्दा बुवा वेदु लाई थप औषधि खरिद गर्ने र उपचार गर्ने र खर्च जोहो गर्न पनि निकै समस्या परि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!