मंगलबार, भाद्र १६, २०७७ || 778  पटक पढिएको

भारतको इतिहासमा केही यस्ता महिलाको नाम उल्लेख गरिएका छन् जसले आफ्नो स्वाभिमानको रक्षाको लागि प्राण त्यागे । फिल्म पद्यावतमा पनि हामीले यस्तै देख्न सक्छौ, जहाँ रानी पद्यावतीले पनि खिजलीसँग बच्नको लागि आत्मदह गरेकी थिइन् । आज हामी यस्तै महिलाको बारेमा बताउन चाहन्छौ, जो सबैभन्दा सुन्दर महिला मध्ये एक हुन् ।

रुपमती मान्डुमा बस्ने एक सामान्य किसानको छोरी थिइन् । उनी सुन्दर मात्र थिइनन् उत्तिकै गुणवान पनि थिइन् । उनी गायन कला पनि निपुर्ण थिइन् । उक्त समयमा मान्डुको राजा बाज बहादुर थिए । राजाले रुपमतीको बारेमा थाहा पाएपछि राज दरबारमा नै बोलाएर प्रस्तुति दिन लगाए ।

राजालाई रुपमतीको सौन्दर्य र गायन मन परेर विवाह नै गरे । रुपमती विवाह पछि रानी बनिन् । राजा बाज पनि निकै खुशी थिए । एकदिन मुगलका राजा अकबरको कानमा रुपमतीको सौन्दर्यको कुरा पुग्यो । अकबरले मनमनै रानीलाई पाउने सपना देख्न थाले । बादशाह राजा अकबरले राजा बाजलाई पत्र लेखेर रुपमतीलाई आफ्नो सेवा गर्न पठाइदिन भने । अकबरको पत्र पढेर राजा बाज रिसाउदै यो काम गर्न नसक्ने जवाफ फर्काए ।

यता अकबर हार मान्ने वाला थिएनन् । उनले सेनापति आजम खाँ लाई मालवामा आक्रमण गरेर रुपमतीलाई बन्दी बनाएर पेश गर्न आदेश दिए । सेनापतिले राजाले दिएको आदेश अनुसार काम गरे । विशाल सेनाको साथमा गएका आजम खां ले राजा बाज बहादुरमाथि हमला गर्न थाले । अकबरको सेना भन्दा बाज बहादुरको सेना थोरै थिए । फलस्वरुप बाज बहादुर युद्धमा हारे । सेनापति आजम खांले राजालाई बन्दी बनाए । राजालाई बन्दी बनाएपछि अजिम खां रुपमतीलाई बन्दी बनाउन अगाडी बढ्दै थिए, तर रुपमतीले विष खाएर स्वंय आत्महत्या गरिन्् ।

अकबर रुपमतीले आत्महत्या गरेको थाहा पाएर धेरै दुखी भए । उनले आफ्नो गल्ती महसुस गर्दै धेरै पश्चताप माने । उनले रुपमतीको लागि एक मकबरेको निर्माण गर्न लगाए । अकबरले राजा बाज बहादुरलाई पनि रिहा गरेर राज्य फिर्ता दिए । पुःन बाज राजालाई सबैले सम्मानका साथ राजकाजमा बसाए ।

मालवा पुगेर रुपमतीको मकबरेमा टाउको ठोकेर बाज राजाले आफ्नो प्राण त्याग गरे । अकबरको कारण यी दुई प्रेमील जोडीको एक अद्रभुत मिलन भयो । यस घटनापछि अकबरले जीवनकै सबैभन्दा ठुलो भुल भएको स्विकार गरे । मध्य प्रदेशमा आज पनि दुईजनाको मकबरा रहेका छन् । ऐतिहासिक किम्वदन्तीका आधारमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!