हिपमत डटकम
धनुषा, २८ पौष : धनुषामा एक युवाको हत्या भएको जिसस धनुषाको आरोप छ ।अवैधरूपमा नदी तथा खोलामा भइरहेको उत्खनन रोक्न यसअघि जिल्ला समन्वय समिति धनुषाले निर्देशन दिएको भए पनि प्रहरी प्रशासनले त्यसमा चासो नदिँदा युवाको हत्याको अवस्थासम्म पुगेको जिसस धनुषाका उपसभापति दीपक झाको विश्लेषण छ ।नदी तथा खोला दोहन कार्यलाई रोक्न र व्यवस्थित रूपमा नियन्त्रण गर्नका लागि गरेको निर्णय कार्यान्वयन गर्न जिल्ला समन्वय समिति धनुषाले सरोकारवाला निकायलाई पटक निर्देशन दिए पनि सो निर्देशन नमान्दा मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका ओमप्रकाश भनिने दिलीपकुमार महतोले ज्यान नै गुमाउनुपर्‍यो । प्राकृति स्रोत उत्खननको विषयमा निरन्तर आवाज उठाउँदै आएका महतोको क्रसर व्यवसायीले हत्या गरिदिए ।धनुषामा रहेका दर्जनौँ क्रसरले मापदण्ड विपरीत अवैध तरिकाले क्रसिङ गर्ने गरेको जिल्ला समन्वय समिति धनुषाका उपसभापति दीपक झाले रातोपाटीलाई बताए । अधिकांश ठाउँमा अवैध तरिकाले क्रसर सञ्चालन गरेको, नामसहितको होर्डिङ बोर्ड नझुन्ड्याएको, क्रसर उद्योग दर्ता नै नभएको, मनोमानी ढङ्गबाट नदीजन्य तथा खानीजन्य पदार्थहरु दोहन भएको पाइएको उपसभापति झा बताउँछन् । अवैध ढङ्गबाट सञ्चालनमा रहेका क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन दिइएको र यसबारे प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन तथा स्थानीय तहलाई जानकारी दिएकामा उनीहरुले निर्देशन नमान्दा दुखदायी घटना भएको उनले बताए ।धनुषा जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको सङ्ख्यामा समेत सम्बन्धित निकायसँग छैन । उपसभापति झाका अनुसार समितिले पटक पटक क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबारे अनुगमन गर्दासमेत उनीहरुको यकिन सङ्ख्या पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!