आइतबार, भाद्र १४, २०७७ || 562  पटक पढिएको

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ९५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३२ महिला र ६३ पुरुष छन् । थपिएका कोराना सङ्क्रमित मोरङमा ४५, सुनसरीमा ३७, झापामा नौ, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

एक दिनमा विराटनगरमा ४२ जनामा सङ्क्रमण देखिएकामा महिला र पुरुष बराबरी छन् । आज थपिएकामा मोरङ लेटाङमा एक महिला तथा पथरीशनिश्चरे र रङ्गेलीका एकएक पुरुष छन् । सुनसरीको दुहवीमा १४ पुरुष, इटहरीमा चारचार महिला र पुरुष, इनरुवामा एक महिला, धरानमा एक महिला र पाँच पुरुष, बर्जुमा दुई र गढी गाउँपालिकामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै झापाको कनकाईमा दुई महिला र छ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, सङ्खुवासभाको खाँदबारीमा एक पुरुष, स्थानीय तह नखुलेको एक महिला तथा प्रदेश बाहिरका एकएक महिला र पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित ३ हजार
प्रदेशमा आजसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३११ पुगेको छ । अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । मृत्यु हुनेमा प्रदेशका २३ र प्रदेश बाहिरका नौ जना रहेको बताइएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज नौ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५३४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा एक हजार १७६ जनाको पिसिआर परीक्षण भई हालसम्म ८७ हजार ५९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!