शनिबार, भाद्र १३, २०७७ || 625  पटक पढिएको

हलिउड स्टार चाडविक बोसम्यानको निधन भएको छ । बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा निधन भएको हो । मार्वल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा मुख्य भूमिका निभाएका बोसम्यान ४ वर्षदेखि क्यान्सर पीडित थिए । समाचार एजेन्सी एपीका अनुसार चाडविकका सहयोगी प्रतिनिधिले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको निधन उनकै निवास लस एन्जलसमा भएको हो ।एपीका अनुसार उनी आन्द्राको क्यान्सरबाट पीडित थिए । उनी अन्तिम समयमा उनकी पत्नी र परिवारसँग थिए ।उनले आफ्नो करियरमा ‘42’ र ‘Get on Up’ जस्ता फिल्ममा काम गरेका उनले सन् २०१८ मा मार्वल सिनेम्याटिक युनिभर्स फिल्मको ‘ब्ल्याक प्यान्थर’ मा टि–चाला/ब्ल्याक प्यान्थरको भूमिका निभाएका थिए । उनले ‘एभेन्जर्स–इनफिनिटी वार’ र ‘एभेन्जर्स एण्ड गेम’ जस्ता ब्लकबस्टर फिल्ममा ब्ल्याक प्यान्थरकै भूमिका निभाएका थिए । उनको अन्तिम फिल्म ‘Da 5 Bloods’ यसै वर्ष रिलीज भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!