शुक्रबार, भाद्र १२, २०७७ || 746  पटक पढिएको

मोरङको बेलबारीमा दुई समूहबीच ‘ग्याङ फाइट’ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–५ कसेनीका ४० वर्षीय चन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो कसेनीस्थित लोहन्द्र पुलमा भएको ‘ग्याङ फाइट’ मा राईको उपचारको क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । डीएसपी राईका अनुसार चन्द्रबहादुर राईको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यस्तै घटनामा चार जना गम्भीर घाइते भएका छन् । घटनामा सईकुमार राई, समुन्द्र राई, जितेन चौधरी र गौरव राई घाइते भएका हुन् । उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी राईले बताए ।

चौधरी समूहका दिनेश श्रेष्ठ र सन्तोष मगरले सुरुमा बन्चरो र खुकुरीलगायत हतियारले राई समूहमाथि आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

राई समूह र चौधरी समूह एकआपसका छिमेकी हुन् । मादक पदार्थ सेवन गरेका दुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य झगडा भएको थियो ।

अघिल्लो दिनको रिसईबीका कारण भएको दुई समूहको ‘ग्याङ फाइटमा’ चन्द्रकुमार राईले ज्यान गुमाएको प्रहरीको भनाइ छ । झगडा के कारणले भएको खुल्न बाँकी रहेको डीएसपी राईले बताए ।

घटनामा संलग्न अन्य तीनजना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!