पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूह, संघ, संस्थाहरुसँग राय सुझाव संकलन गरेको छ ।
आज (आईतवार) नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सो राय सुझाव संकलन कार्यक्रम गरिएको हो ।
नगर क्षेत्र भित्र रहेका सामुदायिक वन, खानेपानी तथा सरसफाई समिति लगायतका प्रतिनिधिहरुबाट राय सुझाव संकलन गरिएको थियो ।
सो राय सुझाव संकलन पश्चात् नगरबाट हुने र भइरहेका र समस्याको रुपमा आएको विषयमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईले आ–आफ्ना भनाइहरु राख्नुभएको थियो ।
कार्यक्रममा योजना शाखा प्रमुख शिव राई, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल लगायत नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।