काठमाडौँ । प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका छन् ।
प्रहरीले सिंहलाई जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आइतबार साँझ पक्राउ गरेको हो ।
राजावादी समूहले बिहिबारदेखि काठमाडौँ प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा उनीहरूले नारायणचौर क्षेत्रमा आइतबार प्रदर्शन गरेका थिए ।