मोरङका ६ मेयरले गरे मुख्य मन्त्रीको ध्यानाकर्षण

लकडाउनमा सिमाक्षेत्रमातस्करी बढ्यो

शुक्रबार, भाद्र १२, २०७७ || 1001  पटक पढिएको

मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरुले कोरोना भाईरसको संक्रमण रोकथामका विषयमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् ।
मोरङको रत्ुवामाई,सुनवर्षी,रंगेली,धनपालथान,कटहरी र जहदाका प्रमुख तथा अध्यक्षहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
भेटघाटमा रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले पि.सि.आर परिक्षणको रिपोर्ट आउन ४÷५ दिन लाग्ने, लक्षण देखिएका संक्रमितहरुलाई कोभिड अस्पतालले भर्ना लिन नमान्ने र लकडाउनको मौका छोपी सिमाक्षेत्रमा हुने तस्करीका कार्यहरु लगायतका समस्याहरु तत्काल समाधानका विषयमा ध्यानकर्षण गराउनु भएको छ ।

त्यस्तै स्थानीय तहले निर्माण गरेको आईशोलेसन वार्डको व्यवस्थापनमा सहयोग गर्न पनि माग राखेका छन् । भारत संगको खुला सिमानाको कारण लक् डाउनको समयमापनि अबैध धन्दाले पालिकहरुमा कोरोनाको जोखिम बढेको विषयमा पनि ध्यानाकर्सहं गराइएको छ ।
कोरोना संक्रमणका लागि दक्षिणी मोरङका रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउपालिका, जहदा गाउपालिका र कटहरी गाउपालिका एकजुट भएर लागिपरेका छन् ।
मुख्यमन्त्री शेरधन राईले पालिकाहरुले गराएको ध्यनाकर्षणको विषय तत्कालीन आवश्यकता अनुसार गंभिर रहेको भन्दै समाधानका लागि प्रदेश सरकारले उचित कदम चाल्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!