आइतबार, पौष २७, २०७६ || 999  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, २७ पौष :इरानका अनुसार विमानले अप्रत्यासित रुपमा संवेदनशील सैन्य शिविरतर्फ युटर्न लिएको थियो । यसअघि इरानले विमान दुर्घटनाका लागि प्राविधिक गडबडीलाई जिम्मेवार बताएको थियो ।इरानको सेनाले आफ्नो बयानमा भनेको छ, ‘विमान रिभोल्युशनरी गार्डस् कोरको बेस नजिकै आएको थियो । यस्तो स्थितीमा मानवीय भूल भयो र विमान खसालियो ।’रिभोल्युशनरी गार्डले आफ्नो बयानमा भनेको छ, ‘घटनामा जो सुकैको गल्ती भएपनि कानूनी कारवाही हुनेछ । सेनाले अहिले सैनिक दलको अभियानमा व्यापक सुधार गर्नेछ ता कि भविष्यमा यस्तो गल्ती पुनः नदोहोरियोस् ।’इरानको सेनाले आफ्नो बयानमा भनेको छ, ‘इराकमा अमेरिकी सैनिक इलाकामा मिसाइल हमलापछि अमेरिकी सेनाको विमान इरानको सीमाको चारैतिर उड्न थालेको थियो । यस्तोमा इरानको सेनाले एरियलमा सैन्य बेसतर्फ एउटा विमान आइरहेको देख्यो । इरानको थुप्रै डिफेन्स सिस्टममा रडारको गतिविधी बढेका थिए । यस्तो स्थितीमा युक्रेनियन इन्टरनेशनल एयरलाइन्स फ्लाइट ७५२ ले तेहरानको इमाम खुमैनी विमानस्थलबाट उडान भर्‍यो । यति नै बेला गल्तीपूर्वक विमानलाई खसालियो । यो भूलका कारण थुप्रै इरानीसमेत विदेशी नागरिकको ज्यान गयो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!