बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या केसमा सीबीआइले जाँच गरिरहेको छ । सीबिआईले सुशान्तको बारेमा बयान लिएर उनको फ्ल्याटको आवश्यक सामाग्री पनि नियन्त्रणमा लिएको छ । अनुसन्धानको लागि सीबीआईले सुशान्तको घर पनि निगरानीमा राखेका छन् ।

सुशान्तको बान्द्रास्थित भवनमा बस्ने एक छिमेकी महिलाले एउटा ठुलो कुरा खुलाशा गरेकी छिन् । उनले गरेको खुलाशाले अनुसन्धान गर्न पक्कैपनि सजिलो हुनेछ, तर यसले मृत्युको राज अझ गहिरो भएको छ । छिमेकी महिलाले १३ जुनको रातमा करीब १०.३० बजेको बीचमा सुशान्तको घरमा लाइट बन्द थियो, त्यहाँ कुनै पार्टी नभएको बताएकी छिन् ।

समाचार एजेन्सी एएनआईको अनुसार सुशान्तको छिमेकीले रातको १०.३०–१०.४५ सम्म किचेनमा मात्र लाइट थियो । उक्त रातमा कुनै पार्टी भएको थिएन् । छिमेकीको उक्त कुराले अनुसन्धानले फरक मोड लिन सक्ने देखिन्छ । सीबीआईको टोलीले सुशान्तको फ्ल्याटमा करीब ६ घन्टासम्म बसेर अनुसन्धान अगाडी बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!