हिपमत डटकम
पौष २६ ओमन :अत्यधिक धेरै समय शासन गर्ने शासकमध्येमा पर्ने ओमनका सुल्तान कबुसको मृत्यु भएको छ ।
उनको ७९ वर्षको उमेरमा शुक्रबार निधन भएको शाही उच्च अधिकारीले शनिबार जानकारी दिएका छन् । आधुनिक अरबी देशका शासकमध्ये उनी धेरै समय शासन गर्ने शासकमा पर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमनमा शासन गरेका हुन् । उनले आफ्नै पितालाई अपदस्त गरेर शासन लिएका थिए । उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइरहेका थिए । क्यान्सरकै कारण अहिले उनको निधन भएको बताइएको छ ।
उनी अविवाहित भएकाले कुनै छोराछोरी नभएको र उत्तराधिकारी पनि कसैलाई नतोकेको अधिकारीले बताएका छन् । उनले कसैलाई नतोकेपछि पारिवारिक बैठकबाट उनकै नाता पर्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रुपमा छनौट गरिएको छ ।
संस्कृति मन्त्रीसमेत रहेका ६५ वर्षीय हैथामलाई नियुक्त गर्ने निर्णय भएको सरकारी अधिकारीले शनिबार जनाएका छन् । “हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रुपमा सपथ ग्रहण गराइएको छ,” सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । ओमनको संविधानमा एक जना शासकको निधन भएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ ।
अधिकांश विश्लेषकले कबुसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रुपमा हेरेका थिए । सन् २०१९ मा उनलाई उपप्रधानमन्त्री तथा अन्तरराष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उनलाई भावी सुल्तानका रुपमा हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!