बुधबार, भाद्र ०३, २०७७ || 852  पटक पढिएको

दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत साउन ४ गते माडी नगरपालिका–९ बगइस्थित जङ्गलमा १७ वर्षीया युवतीलाई २६ वर्षीया केसीले जबर्जस्ती करणी गरेको अभियोगमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

साउन २८ गते जिल्ला अदालत चितवनको आदेशले पुर्पक्षका लागि केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पीडित युवती ठूलीआमाको घरमा बस्दै आइरहेकी थिइन् । बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा केसीले जबर्जस्ती जङ्गलमा लगेर बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् ।

यस्तै जबर्जस्ती करणीको अभियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले साउन ३२ गते श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको प्रवक्ता थापाले जानकारी दिए ।

अभियुक्त श्रेष्ठले १६ वर्षीया युवतीलाई प्रेम गर्छु, विवाह गर्छु भनेर ललाइफकाई गत असार ७ गते राति सविन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा उनकै कारमा लगेर भरतपुर–१७ स्थित सविन ग्रिल उद्योगमा असार ८ गते रातिसम्म पटकपटक बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् । सोही आधारमा पक्राउ गरी अनुसन्धान पूरा गरेर चितवन प्रहरीले जिल्ला अदालत चितवनमा पेश गरेको थियो ।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!