मंगलबार, भाद्र ०२, २०७७ || 609  पटक पढिएको

राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी शोककाव्यको यो हरफ अजर अमर छ । नेपाली साहित्यका विशिष्ट कवि घिमिरेको भौतिक शरीर नरहेपनि उनका सृजनाहरु सधै सम्झनामा रहिरनेछन् । देशलाई सात्यिक रचनाबाट जोड्न उनले खेलेको भुमिका सदा स्मरणीय हुनेछ ।
राष्ट्रलाई साहित्यबाट यति ठूलो योगदान दिने राष्ट्रकविको जीवन भने निकै संघर्ष र पीडामा बितेको थियो । उनको जन्म २३ सेप्टेम्बर सन् १९१९ मा लमजुङ जिल्लाको पुस्तुनमा भएको थियो ।

घिमिरेले जीवनमा धेरै वियोग सहनुपरेको थियो । तीन वर्षकै उमेरमा उनले आमा गुमाएका थिए । बाल्यकालमा मातृवियोगको पीडाले उनको जीवनलाई नै प्रभावित बनायो ।

छ वर्षकै उमेरमा संस्कृतिको अध्ययन शुरु गरेका उनले ११ वर्षको उमेरमा घर छाडेर अध्ययनलाई बढाएका थिए । त्यसपछि उनी काठमाडौंमा आएर तीनधारा संस्कृत पाठशालामा अध्ययन गरेका थिए । १४ वर्षको उमेरमा गोरखापत्रमा ज्ञानपुष्प रचना प्रकाशित गरेका थिए । उनी गोरखापत्रमा सहसम्पादक भएर समेत काम गरेका थिए ।

उनी आफ्नो जन्मभुमि फर्किएर शिक्षकको रुपमा समेत काम गरेका थिए । लक्ष्मीप्रसाद देवकोटाको नेतृतवमा रहेको काव्य प्रतिष्ठानमा रहेर समेत काम गरेका थिए ।

घिमिरेको गौरी शोककाव्य लोकप्रीय छ । आफ्नी पत्नी गौरीको शोकमा डुबेका राष्ट्रकविले रचना गरेको शोककाव्य नेपाली साहित्यको विशिष्ट सृजना हो । उनको मालती मङ्गले, हिमाल पारी हिमाल वारी, अस्वस्थामा, राजेश्वरी काव्य र शकुन्तला महाकाव्य प्रकाशित छ । नेपाली साहित्यमा सयौं कविता लेखेका कवि घिमिरेको १८ अगष्ट २०२० मा निधन भएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!