सोमबार, भाद्र ०१, २०७७ || 649  पटक पढिएको

भरतपुर अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सक र बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने नर्सहरूमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा समेत कोरोना संक्रमण देखिएपछि जिल्लाका ६ पालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

चितवनमा कोरोना संक्रमतिको संख्या १९९ जना पुगेको छ । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १२१, माडी नगरपालिकामा ४१, राप्ती नगरपालिकामा १५, रत्ननगरमा ९, खैरहनीमा ७ र कालिकामा पाँच जना कोरोना संक्रमति रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । इच्छाकामना गाउँ पालिकामा एक जना मात्र कोरोना संक्रमित छन् ।

चितवनमा साउन ९ गतेपछि परीक्षण जारी नै भए पनि संक्रमति भेटिएका थिएनन् । साउन २१ गते पछि कोरोना संक्रमतिको संख्या बढ्दै गएको हो । कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकामा शनिबारबाट भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । आइतबार माडी नगरपालिकाबाहेकका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि ५ भदौसम्मका लागि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरिएको छ ।

चितवन जिल्लामा एकै दिन २८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चिकित्सक र नर्सहरूसमेत छन् । संक्रमितमध्ये भरतपुर अस्पतालका चिकित्सकसहित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्स छन् ।राजधानी नैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!