आइतबार, साउन ३२, २०७७ || 857  पटक पढिएको

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंया तथा डिजेल र मट्टितेलको ९१ रुपैंया कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्नुपरेको आयल निगमले जनाएको छ । अझै पनि सीमावर्ती भारतीय बजार रक्सौल भन्दा वीरगञ्जमा पेट्रोल ३०.७१ रुपैंया र डिजेल ३७.२७ रुपैंया सस्तो रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!