किशोरअवस्थादेखि नै लोकप्रिय बनेका युवा समाजसेबी तथा नेपाली काग्रेसका नेता लोककिरण न्यौपाने मोरङ क्षेत्र नं. ३ स्थित पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ का स्थायीबासी हुन। युवा नेता लोककिरण न्यौपाने कांग्रेसको १४ औ महाधिबेशनमा मोरङ क्षेत्र नं. ३ (क) क्षेत्रको क्षेत्रिय सभापतीको उमेद्वार हुने भएका छन् ।

१३ औ महाधिबेशनमा साविक मोरङ क्षेत्र नं. ३ को सचिवमा झिनो मतले पराजित भएपछि न्यौपानेले राजनीतिमा निखारिने दर्विलो अवशर पाए र आफुलाई पराजित गर्नेलाई काँध हालेर सहयोग गरे । यसरी उनको भुमिका देखेर कांग्रेसका नेताहरु मात्र होईन स्थानिय तहमा काम गर्ने कार्यकर्ताको मनमुटुमा बस्न सफल भए ।

हाम्रो युवा समाजको अध्यक्ष भएर लामो समय मोरङमा सामाजिक कार्य गरेका न्यौपानेले थुपै निमुखा मानिसको घाउमा मलम लगाएका छन् । सुकुम्वासी आन्दोलनका नेता भएर सडक देखि सदनलाई समेत ध्यान केन्द्रीत गराउन सफल भएका न्यौपाने पथरीशनिश्चरे क्षेत्रका नक्षत्रका रुपमा परिचित छन ।

बुढा देखि बच्चा अनि युवालाई सम्मान गर्ने न्यौपानेलाई राजनीतिको ठुलो ठाँउमा पुगेको हेर्ने रहर धेरैको छ । सवै नेताहरुले समेत अत्याधिक रुचाएका नेताहरुले न्यौपानेलाई सहयोग गर्ने बताईन्छ ।

युवाहरुका लोकप्रिय पाकाका समेत बिस्वासिला लोक किरण न्यौपाने प्रदेस ३ (क) को सभापतिमा तयारी गरिरहेता पनि पथरीसनिस्चरेका केही कार्यकर्ता उनी नगरसभापति बनेर नगरमा कम्युनिस्ट लाई हाक दिनुपर्ने समेत सुझाउछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!