शनिबार, साउन ३१, २०७७ || 679  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना तथा बधाई दिएका छन् । प्रधानमन्त्री ओली आज प्रधानमन्त्री मोदीलाई फोन गरी बधाई तथा शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री अ‍ोली र प्रधानमन्त्री मोदी बीच टेलिफोन संवाद भएको बताएका छन् । दुईजनाको बीचमा अन्य के कुरा भयो त्यसको बारेमा परराष्ट्र मन्त्रालयबाट जानकारी आउने पनि उनले बताए । सीमा विवादलगायतका विषयमा भारतसँग दुरी बढिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसर पारेर फोन संवाद गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!