शुक्रबार, साउन ३०, २०७७ || 724  पटक पढिएको

सिराहको विष्णुपुर गाउँपालिका – १ का ४० वर्षिय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।बिहिवार राती कोशी अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो ।निमोनिया भई स्वास प्रश्वासमा समस्या भएका उनको उपचारको क्रममा मृत्यु भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए । उनी मंगलबार राति आइसालेशनमा भर्ना भएका थिए ।

कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाईएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उनको मृत्यूपछि आज सो वडामा विहान ४ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । मृतकको सम्पर्कका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने स्थानीय वडाध्यक्ष गोपिन्द्र यादबले जानकारी दिए ।
यो संगै सिरहामा कोरोना संक्रमणका कारण मृत्यु भएकाको संख्या २ पुगेको छ । गएको हप्ता सिरहाको गोलबजार नगरपालिका–१२ का कोरोना संक्रमित २३ वर्षीय एक युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!