खबर ठुलो छ

केही दिनअघि मात्र बाढीको चपेटामा परेको कैलालीको भजनी नगरपालिकाका बस्ती सोमबार फेरि डुबानमा परेका छन् । आइतबार रातिदेखिको अविरल वर्षाले उर्लिएका मोहना, काढा र पथरैया नदी बस्ती पसेका हुन् ।यसअघिको बाढीले डुबानमा परेकाहरू ३/४ दिन अघि मात्र घर फर्केका थिए । फेरि पुन डुबान भएपछि उनीहरू हुलाकी राजमार्गका अग्ला ठाउँमा आउन थालेका स्थानीय जयराज ढुंगानाले जानकारी दिए । उनका अनुसार भजनी नगरपालिका–८ सोनहाफाटा खल्ला टोलका ४०, काढाढिकका ५२ र कृष्णनगरका २५ परिवार विस्थापित भएका छन् ।

भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले धनगढीबाट आउने मोहना, घोडाघोडीबाट आउने कन्द्रा र लम्कीचुहाबाट आउने पथरैया नदीलगायतको पानी भजनीमा आउने भएकाले यो ठाउँ बाढीबाट बढी प्रभावित भएको बताए । ‘केही दिनअघिको बाढीमा ३ जनाको ज्यान जानुका साथै ठूलो नोक्सानी भएको छ । आज पनि बाढी आएकाले उद्धारमा खटिएका छौं,’ उनले भने ।साउन १४ गतेको बाढीका कारण भजनी नगरपालिकाका करिब २ हजार परिवार विस्थापित भएका थिए । बाढीकै कारण भजनीमा करिब ७० प्रतिशत धानबाली नष्ट भएको जनाइएको छ ।

मौसम विज्ञान विभागले वर्षा अझै जारी रहने भएकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न सूचना गरेको छ । विभागले कर्णाली चिसापानी, टीकापुर, भजनी क्षेत्रका साना तथा ठूला नदीमा पानीको बहाव बढ्न सक्ने जनाएको छ ।

सोमबार, साउन २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया