नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव विष्णु पौडेलका अङ्गरक्षक पीएसओलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । महासचिव पौडेलका सबै परिवारलगायतका स्वाब परीक्षण गर्दा अङ्गरक्षकको मात्र कोरोना पोजिटिभ देखिएको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

शुक्रबार गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको पाण्डेले जानकारी दिनुभयो । कोरोना पोजिटिभ देखिएलगत्तै आइतबार ३ बजे प्रहरी अस्पतालमा अङ्गरक्षकलाई भर्ना गरिएको छ । महासचिव पौडेल आइतबारदेखि आफ्नै निवासमा एकान्तवासमा रही भेटघाट बन्द गर्नुभएको उहाँका स्वकीय सचिव पाण्डेले जानकारी दिएको समाचार आजको गोरखापत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!