सोमबार, साउन २६, २०७७ || 732  पटक पढिएको

कोरोना संक्रमणको जोखिमका कारण नेपाल–चीनबीच हुने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ। सन् २०२१ को जनवरीसम्मका सैन्य अभ्यास र दुवैतर्फका सम्पूर्ण सैन्य कार्यक्रम नहुने भएका छन्।

यसबारेमा चीनले नेपाली सेनालाई औपचारिक पत्र पठाएको छ। आगामी जनवरीमा दुवै पक्षको छलफलपछि स्थगित भएका कार्यक्रमबारे नयाँ मिति तय हुने सैनिक स्रोतले जनाएको छ। संयुक्त सैन्य अभ्यास पनि दुवैतर्पmका उच्च सैनिक अधिकारीको छलफल पछि स्थगित भएको हो। गत वर्ष नेपालमा भएको सैन्य अभ्यास यस पटक चीनमा हुने तालिका थियो।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौड्यालले महामारीका कारण नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य तालिम तत्कालका लागि स्थगित भएको बताए। उनले भने, ‘अनुकूल वातावरण बनेलगत्तै दुवै पक्ष बसेर नयाँ मिति तय गछौं।’ आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष फौजले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्। २०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलो पटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास भएको थियो।

नेपाली र चिनियाँ सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यासलाई पश्चिमा मुलुकहरूले रणनीतिक रूपमा हेर्ने गरेका छन्। ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!