सोमबार, साउन २६, २०७७ || 507  पटक पढिएको

अनलाइनबाट पढाइ हुने र परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको नेपाल खुला विश्वविद्यालयले हालसम्म परीक्षा सञ्चालन गर्न सकेको छैन । करिब १ हजार ६ सय विद्यार्थी अध्ययन गरिरहेकोे विश्वविद्यालयले सेमेस्टर प्रवेश परीक्षा सञ्चालन गर्न नसकेपछि आलोचना बढेको छ ।

त्यति मात्र होइन विश्वविद्यालयले अस्ति शनिबार सञ्चालन गरेको अनलाइन प्रवेश परीक्षासमेत स्थगित भएको छ । सर्भर डाउन भएका कारण परीक्षा स्थगित भएको विश्वविद्यालयले जनाएको छ । परीक्षाको पर्खाइमा रहेका विद्यार्थीले प्रवेश परीक्षा सञ्चालन गर्न नसक्ने विश्वविद्यालयले कसरी अनलाइनबाट परीक्षा सञ्चालन गर्छ भन्ने प्रश्न गर्न थालेका छन् ।

प्रवेश परीक्षा लिन नसकेपछि डीन प्राडा शिलु मानन्धर वज्राचार्यले सोही दिन सूचना प्रकाशित गरी एमबीए र एमएसडीएमजीको प्रवेश परीक्षा स्थगित भएको जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!