प्रधानमन्त्री केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रश्न उठाएको छ । माडी नगरपालिकाका जनप्रतिनिधिलाई बालुवाटार बेलाएर यस्तो निर्देशन दिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने भन्दै प्रश्न गरेका छन् ।

शर्माले आफ्नो ट्विटमा  ‘भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ?  द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ? कम्युनिस्ट प्रधानमन्त्री ओलीमाथि उनले कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला भन्दै झटारो समेत हानेका छन् ।  ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् ?,  शर्माको प्रश्न छ, कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ? प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!