शनिबार, साउन २४, २०७७ || 756  पटक पढिएको

सिरहामा लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. १० मा सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट (इन्स्पेक्टर) विरेन्द्र लम्सालको कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १६ बस्ने ६० वर्षीय मनै मोचिलाई ३ के.जि. ४ सय ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वाटर सिरहाका नायब उपरीक्षक (डिएसपी) विनोद थापाले बताए ।
(डिएसपी) विनोद थापाले भने खुल्ला सिमानाको कारणले हुँदै आएको गतिविधि नियन्त्रण गर्न म्यान टु म्यान राख्ने, मोबाईल टोलीलाई सक्रिय गर्ने र चेक प्वाइन्ट बढाई सिमानाकाहरु सुरक्षित गर्ने छु ।
त्यसै गरि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वाटर सिरहाका प्रमूख (एसपी) प्रहरी उपरीक्षक दिपेन्द्र गिरीको अनुसार जिल्लाभर कुनै पनि नाकाबाट कुनै पनि प्रकारका अबैध रुपमा भन्सार छलेर ल्याइने सामान तथा बस्तुहरु पुर्णरुपमा नियन्त्रण गर्ने हिपमत डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!