शनिबार, साउन २४, २०७७ || 777  पटक पढिएको

सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घर नजिकै डुलिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याइएको थियो । थप उपचारका लागि धरान लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित नर्घोमा आज बिहान सर्पको टोकाइबाट एक किशोरी सिकिस्त भएकी छिन् । स्थानीय विन्देश्वर शर्माको २३ वर्षीय छोरी राधा शर्मालाई विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ ।

गाईगोठमा काम गरिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!