हिपमत डटकम
जम्मु कास्मीरमा,२५ पौष :लडाइँमा मरे नी मन बुझाउ हेरी तस्बिरमा..यो गीत गोरखाका अर्जुन थापाले सायद बाल्य कालमा सुनेको हुन पर्छ । धेरै बर्षै पहिले बिष्णु खत्रीले गाएको यो गीत अहिले ठ्याक्कै अर्जुनको जीवनसंग मेल खायो । गोरखा नगरपालिका वडा नं. ५ रीप गाउँ अर्जुन जो भारतीय सेना थिए, पाकिस्तानी सेनाको फाईरिङमा परेर जम्मुकास्मीरमा उनको ज्यान गयो । बिहे गरेको पाँच महिना मात्र भएको बेला भारतीय भूमीमा अर्जुनले ज्यान गुमाए ।
ज्यान गएको करिब १२ दिन अगाडी छुट्टीएका श्रीमानको शस्वमा माला चढाउँन पुगिन श्रीमती, फेरी नियतीले पनि यस्तै बनायो पश्चिम बंगलामै पुगेर आफ्ना एकमात्र छोरा अर्जुनलाई ७० वर्षीय बुवाले भारत पुगेर दागबत्ती दिए । ५ महिना अघि विवाह गरेका अर्जुनकी श्रीमतीको वेहाल भएको छ । फोनमा कुरा गर्दा गर्दै आफ्ना पति गुमाएकी अर्जुनकी श्रीमती अर्ध मुर्छित अवस्थामा छिन् । हामी उनको घरमा पुग्दा समेत उनलाई भेट्न सकेनौं, ७० बर्षका बुबा छोराको काजक्रियाको लागि सेतो पहिरनमा थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!