शुक्रबार, साउन २३, २०७७ || 615  पटक पढिएको

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । चलचित्र ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग अब नायिका साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्नेछिन् । यो चलचित्रमा नायिका साम्राज्ञीसँगै अर्की नायिका आना शर्मालाई पनि अनुवन्धित गरिएको छ । साम्राज्ञी र आनासँग निर्माणपक्षले बिहिबार संझौता गरेको हो । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन ।

सिबड्स पिक्चर्स र सौर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा साम्राज्ञी र आना जोडिएसँगै टिमअप बलियो देखिएको छ । यो चलचित्रलाई ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्दैछन् । चलचित्रको स्क्रिप्टको काम भैरहेको भन्दै प्रवेशले नाम तय नगरिएको बताए । यूवा मनोविज्ञानमा आधारित रहेर यो चलचित्र बनाइनेछ । चलचित्रका लागि अझै एक जना पुरुष र एक जना महिला कलाकारको जरुरत रहेको निर्माणटिमले बताएको छ । यसका लागि अडिसन मार्फत कलाकार छानिने बताइएको छ । कोरोना महामारीपछि सहज वातावरण बनेपछि चलचित्रको छायांकन सुरु हुनेछ । ‘डक्टर डेनिम’को प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा छत्रजंग पाण्डे र अनुप पौडेलको लगानी रहनेछ । करन साउद यसका सह–निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!