जी.पी कोइराला फाउण्डेन १ की अध्यक्ष इन्दिरा थापाले आफुमाथी लागेका आरोपको खण्डन गरेकी छन् । उनले गिरिजाप्राद कोइरालका नाममा कुनै पनि गलत काम नगरेको बताएकी हुन् । नेपाली कांग्रेस धनकुटा क्षेत्र नं.२ का क्षेत्रीय सभापति समेत रहेकी थापाले जी.पी कोईराला फाउन्डेशनको नाममा आएको रकम कहिकतै पनि दुरुपयोग नगरेको बताएकी छन् ।
हालैमात्र विभिन्न सन्चार माध्यम र सामाजिक सन्जालमा पाख्रीबास नगरपालिका वडा नं. ८ मुगामा रहेको आफ्नो नीजि जमिनमा रकम दुरुपयोग गरी घर बनाएको भन्ने प्रचारबाजी भएको थियो । उनले उक्त जग्गामा केयर उमनको भवन बनाइएको र कहिकतै दुरुपयोग नभएको बताएकी छन् । उनले आफ्नो राजनैतिक कार्यक्रमबाट अतालिएर केही तत्वले विरोध गरेर आफ्नो चरित्र हत्या गरेको दावी गरेकी छन् ।