शुक्रबार, साउन २३, २०७७ || 739  पटक पढिएको

युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ घर भइ हाल गोदावरी नगरपालिका–२ बस्ने २८ वर्षीय हर्कबहादुर बोहरालाई पक्राउ गरेको हो ।

बोहराले धनगढी बस्ने–२ जना पीडितहरुलाई काठमाडौँबाट होटलमा वेटरको काम छ भनेर ललाईफकाई बोलाइ अत्तरियास्थित बोहरा होटल बोलाएका थिए । तर, उनले डर र धम्की देखाएर ती युवतीहरुलाई होटलमा आउने ग्राहकसग शारीरिक सम्पर्क राख्न लगाउने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवतmा एवम् प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।

बोहराले पीडितलाई अन्य स्थानमा समेत शारीरिक सम्पर्कका लागी पठाउने गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!