बुधबार एक बैंकको विराटनगरस्थित शाखा कार्यालयमा कार्यरत युवतीले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी सनाज खतिवडाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । विष पिएर घाइते अवस्थामा भेटिएकी उनको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको राईले बताए ।

आत्महत्या गर्नुअघि खतिवडाले लेखेको एउटा सुसाइड नोट समेत फेला परेको छ । सुसाइड नोटमा बाबु र आमालाई सम्बोधन गर्दै उनले आफूले आफ्नै कारणले मृत्युको बाटो रोजेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको डीएसपी राईले बताए ।

बैंकमा आफ्ना बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको समेत ती युवतीले सुसाइड नोटमा उल्लेख गरेकी छन् । यस्तै विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो सेयर रहेको समेत सुसाइड नोटमा उल्लेख गरेको राईले जानकारी दिए ।

बुधबार बिहान ती युवतीलाई शौचालयभित्र बेहोस अवस्थामा बैंकका कर्मचारीले फेला पारेका थिए । छेउमा विषादीको बट्टासँगै ब्लेडले आफ्नो देब्रे हात काटेको अवस्थामा भेटिएकी थिइन् । तत्कालै एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।

खतिवडाको शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा पठाइएको छ । प्रहरीले बैङ्कको सिसीटिभी फुटेज झिकेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!