बुधबार, साउन २१, २०७७ || 887  पटक पढिएको

सुशान्त सिंह राजपुतको निधनको विषयमा अभिनेत्री रिया चक्रवर्तीमाथि सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । सुशान्तको निधनको विषयमा सीबिआइले अनुसन्धान गर्ने बिहार सरकारको आग्रह केन्द्रले सम्मान गर्दै अनुसन्धान गर्ने भएको हो ।

उहि महाराष्ट्रको सरकारले एफआइआर मुद्दा दर्ता गर्दा अनुसन्धान गर्न बिहारको क्षेत्रमा नपर्ने जनाएको थियो । हाल अभिनेता सुशान्तको निधन राजनितिक विषय बनेको छ । सुशान्तको पिता केके सिंहको वकिलले महाराष्ट्रका प्रहरीले प्रमाण नस्ट गरेको बताउदै आएका छन् ।

रियाले याचिका दायर गरेको मुम्बई प्रहरीमा मुद्दा ट्रान्सफर गर्न माग गरीरहेकी छिन् । गत १४ जुनमा बान्द्रामा आफ्नै फ्लैटमा झुण्डिएको अवस्थामा सुशान्तको मृत्यु भएको थियो । उनको निधनलाई आत्महत्या मानिएको छ । हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको निधनको वारेमा महाराष्ट्रको सरकारले सर्वोच्च अदालतमा कैविएट दायर गरेको छ ।

यसको साथै सुशान्तको पिता केके सिंहले पनि कैविएट दायर गरेका छन् । ताकी उनको पक्ष नसुन्दै रियाद्धारा हालेको मुद्दाको फैसला नसुनाइयोस् । रियाले ३० जुलाईमा सर्वोच्च अदालतमा ट्रान्सफर याचिका मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!