बुधबार, साउन २१, २०७७ || 954  पटक पढिएको

संयुक्त राष्ट्रसंघीय शान्ति अन्तर्गत इराकमा शान्ति स्थापनार्थ खटिने नेपाली सैन्य टोली बुधवार त्यसतर्फ प्रस्थान गरेका छन् । हिमालय एयरलाइन्सको उडानमार्फत उनीहरुलाई नेपाली सेनाले त्यसतर्फ पठाएको हो । एक वर्ष पूरा गरेका सैनिकलाई बदली गर्दै ३५ जनाको नयाँ टीम पठाइएको सैन्य प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई जानकारी दिए ।

लकडाउन शुरु भएपछि ३ वटा उडानमार्फत नेपाली सेनाले चार देशमा शान्ति स्थानार्थ खटिएका सैनिकलाई बदली गरेको छ । असार ३१ मा कार र मालीमा शान्ति स्थापनार्थ खटिने २१३ जनालाई पठाइएको छ । त्यहाँबाट एकवर्षे अवधि पूरा गरेका सैनिक फर्किसकेका छन् ।

दक्षिण सुडानमा खटिएका २३८ जना सैनिक बदली भएका छन् । त्यहाँ ७ सय सैनिकलाई बदली गर्नुपर्ने भएकाले भदौ ३ र २१ मा बदली गर्ने योजना रहेको सैन्य प्रवक्ता पौडेलले बताए । लिवियामा कार्यरत २३० जना सैनिकलाई बदली गर्नुपर्ने भएपनि ट्युनिसिया सरकारलको उडान अनुमति दिएको छैन ।

न्यूयोर्कमा रहेको युएन मुख्यालयले यसपटक नेपाली विमान चार्टर्ड गरेर पठाउन ‘लेटर अफ एसेप्टेन’ पठाएको थियो । जसअनुसार चार्टर्ड रकम युएनले नै ब्यहोर्ने छ । संयुक्त राष्ट्रसंघको अनुमतीमा यसपटक नेपाल बायुसेवा निगम र हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेर नेपाली शान्ति सैनिकलाई बदली गरिएको सैन्य प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!