पछिल्लो समय पत्नि पि’डित पुरुषहरु पनि उकपछि अर्को गर्दै बाहिर आउन थालेका छन् । यस्ता उदाहरणहरु नेपालमा प्रशस्तै भेटीन थालेका बेला भारतमा भने पत्नी पी’डित पुरुष आश्रम नै संचालनमा ल्याइएको छ । जहाँ पत्निद्धारा प’डित बनाइएका पुरुषहरुलाई आश्रय दिइन्छ। भारतको औरंगावादमा यस्तो विशेष आश्रम संचालनमा ल्याइएको हो । आश्रमका सञ्चालक भारत फुलारे स्वयं पत्नी पी’डित भएको र उनलाई उनकी श्रीमतीले उनी वि’रुद्ध १४७ वटा मु’द्दा हालेपछि उनी पि’डित पुरुषहरुको सहायता बन्न पुगेका हुन् । प्रसंग हो सन् २०१६ को ।
नोभेम्बर १९ मा पुरुष अधिकार दिवसका दिन उनले यो आश्रमको उद्घाटन गरेको भारतीय मिडियाको भनाई छ । जहाँ भारतभरीका पत्नि पि’डितहरु सल्लाह लिन जाने गरेका छन् । अनौठो आश्रममा एक ठूलो कौवाको प्रतिमा बनाइएको र हरेक दिन बिहान र बेलुकी उक्त कौवाको दीप बत्ति बालेर पूजा गर्ने गरिएको बताइएको छ । जहाँ अहिलेसम्म ५ सय बढी पत्नि पि’डितहरुले आश्रय लिइसकेका छन् ।