पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने भारतले खारेज गरेको छ ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्सा जारी गरेको जानकारी दिँदै यसलाई ऐतिहासिक भनेका छन् । नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद निर्णयको सबै विपक्षी दल र पाकिस्तान प्रशासित कश्मीरी नेताहरुले स्वागत गरेको खानले बताएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमंगलाई प्रतिनिधित्व गर्दछ । पाकिस्तान र कश्मीरका जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्दछ ।’ भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेको थियो भने लद्दाखलाई अलग्गै राज्य बनाएको थियो । यसको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो । भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई खारेज गरेको छ । भारतीय विदेश मन्त्रालयले त्यसलाई राजनीतिक मूर्खता भनेर टिप्णी गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेश जम्मु–कश्मिर र लद्दाख क्षेत्रमा यो आधारहीन दाबी हो । यसको न कानुनी वैधता छ, न अन्तर्राष्ट्रिय विश्सनीयता ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!