मंगलबार, साउन २०, २०७७ || 798  पटक पढिएको

नारायण नदीको बहाव त्यो पनि वर्षे भेलमा । यस्तो बेलामा नारायणी नदीमा खसेको मान्छे जिवित फर्कन सायदै सक्ला ? तर, एकजना युवती नारायणी नदीमा हामफालेर पनि बचेकी छिन् ।

चितवनको नारायणगढबाट गैंडाकोट जोड्ने नारायणी पुलबाट हाम फालेकी युवती १३ घन्टापछि नदी किनारमा फेला परिन् त्यो पनि जिवितै । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ । साउन १९ गते बेलुका साँझतिर नारायणी पुलबाट हाम फाली बेपत्ता भएकी गैँडाकोट स्थायी घर भएकी २२ वर्षीया युवतीलाई १३ घन्टापछि प्रहरीले सकुशल उद्धार गरेको हो ।

अघिल्लो दिन बेपत्ता भएकी युवतीलाई प्रहरीले मंगलबार बिहान साढे ७ बजेतिर भरतपुरको रामघाटस्थित नारायणी नदीको किनारमा सकुशल फेला पारेका जनाएको छ । हालसम्म युवतीले के कारणले नदीमा हाम फालिन भन्ने कारण भने बताएको छैन । प्रहरीले युवतीलाई आफन्तको जिम्मा लगाएर घर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!