कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलने जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नगरपालिका क्षेत्र दश दिनलाई पूर्णरुपमा शिल गर्ने निर्णय गरिएको छ । रतुवामाई नगरपालिका स्तरीय कोरोना भाईरस रोकथाम नियन्त्रण प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको आज बसेको बैठकले नगर क्षेत्र पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको हो ।
आज राति १२ बजेदेखि लागु हुने गरि स्वास्थ्य सेवा वहेक नगरपालिकाको कार्यालय , वडा कार्यालयहरु लगायत नगर भरिका सम्पूर्ण कार्यालयहरु , संघ सस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
नगर क्षेत्र भित्र एम्बुलेन्स बाहेकका सम्पूर्ण यातायातका साधनहरु समेत बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक कामबाहेक सामान्य हिडडुल समेतमा कडाई गर्ने निर्णय गरेको हो ।
आगामी ३० गते राती १२ बजे सम्म लागु हुनेगरी निर्णय गरिएको रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले हिपमत डटकमलाई जानकारी दिनु भयो।