शुक्रबार, पौष २५, २०७६ || 1393  पटक पढिएको

हिपमत डटकम
इरान,पुस-२५ :मिसाइलले विमानलाई मार हान्दा आगो लागेर खसेको देखिएको छ ।सीएनएनले सार्वजनिक गरेको भिडियोमा अध्यारो दृश्य देखिन्छ । जसमा मिसाइलले विमानमा मार हानेको छ । तर, सीएनएनले भिडियोको स्वतन्त्र पुष्टि नभएको बताएको छ । भिडियो सार्वजनिक भएलगत्तै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विमान दुर्घटनामा ईरानमाथि आरोप लगाएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडीले पनि यसबारे धारणा बाहिर ल्याएका छन् ।१७६ यात्रु र चालकदलका सदस्य मारिएको युक्रेनको विमान दुर्घटनाको कारणबारे विभिन्न आशंका उब्जिएको थियो । तेहरानबाट युक्रेनका लागि उडेको जहाज ईरान-अमेरिका बीचको तनावका बखत मिसाइल लागेर झरेको विषय बाहिर आएको थियो ।बुधबार भएको दुर्घटनामा २४ सय मिटर उचाईमा रहँदा विमान सम्पर्क विच्छेद भएको थियो । यसैगरी, युक्रेनी राष्ट्रति भोलोडिमिर जेलेन्सिकीले फेसबुकमा इरानी अधिकारीको भनाई उदृत गर्दै एउटा इन्जिनमा आगो लागेपछि पाइलटको नियन्त्रणबाहिर विमान गएको लेखेका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!