आइतबार, साउन १८, २०७७ || 768  पटक पढिएको

आर्थिक वर्ष २०७६/७७ मा झण्डै दुई लाख जनसङ्ख्यामा उच्च तथा मध्यमस्तरको खानेपानी सेवा उपलब्ध भएको छ । खानेपानी मन्त्रालयका अनुसार सो आवमा कूल १४ वटा आयोजना सम्पन्न भई एक लाख ९० हजार २९२ जनसङ्ख्याले मध्यम तथा उच्चस्तरको खानेपानी सेवा प्राप्त गरेका हुन् । यस्तै कूल २४२ आयोजना सम्पन्न भई एक लाख ९४ हजार ४२३ जनसङ्ख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।

खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६/७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा आज भएको समीक्षा बैठकमा मन्त्रालय मातहत विभिन्न निकायले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि सहभागी थिए ।

समीक्षा बैठकमा मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको सहसचिव अरुण सिंखडाले जानकारी दिए । खानेपानी तथा ढल व्यवस्थापन विभागको समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको जानकारी दिइएको थियो । खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!